चम्पादेवी ओखलढुंगामा नेपाल तरुण दलका वडा समिती सचिव सहित युवाहरु नेकपा एमालेमा प्रवेस

कपन अनलाइन

ओखलढुंगा,माघ १७।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा नेपाल तरुण दलका वडा समिती सचिव सहित युवाहरु नेकपा एमालेमा प्रवेस गरेका छन। चम्पादेवी गाउँपालिका वडा नं २ का सचिव प्रबिन रैका मगर सहित युवाहरु नेकपा एमालेमा प्रवेस गरेका हुन।

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका सदस्यहरु हरि प्रसाद घिमिरे र  पेशल मगरको उपस्थितिमा रैका मगर सहित लाल बहादुर मगर,कमल लुम्ब्रे,पदम लुम्ब्रे,पदम लुम्ब्रे र अनुप लुम्ब्रे नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेस गरेका हुन।

सो अवसरमा नेकपा एमाले चम्पादेवी सचिव सुमन घिमिरे , नेता क.भबानी प्रसाद घिमिरे,अशोक खत्री,राधाकृष्ण घिमिरे र प्रेम सुनुवार लगायतको उपस्थिति रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।