गोकर्णेश्वरमा जेष्ठ एकल महिला  सम्मान तथा सोनाम ल्होछारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ १७ । गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा बिहानी एकल महिला एवं सशक्तीकरण महिला समुहको आयोजनामा जेष्ठ एकल महिला  सम्मान तथा २८५८ औँ बाघ वर्ष सोनाम ल्होछार को शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन्न भएको छ।शनिबार गोकर्णेश्वर जोरपाटी स्थित पिस ब्यांकेटबिहानी एकल महिला समुहकी अध्यक्ष झुमा लामाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा  गोकर्णेश्वर नगरपालिका प्रमुख  सन्तोष चालिसे रहेका थिए भने विशेष अतिथीको रुपमा उप प्रमुख  शान्ती नेपाल नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ३  प्रदेश ख का  सभापति बिमल ठकुरी,नगर प्रबक्ता तथा वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना, जिसस काठमाडौं की सदस्य सान्नानी लामा, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल,वडा अध्यक्षहरु रमेश अर्याल,नारायण सुवेदी,राजिव थापा ,राम मानन्धर,वडा सदस्यहरु,   नेपाली कांगेस  गोकर्णेश्वर नगरपालिका वडा न ६ का ईकाई सभापति दिपक लामाको साथै आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा १५ जना जेष्ठ एकल महिलाहरुलाई सम्मान गरिएको थियो ।सम्मानित हुनेहरुमा  सुनमाया लामा,पुष्पा लिम्बू,फुर्बा लामा,सिरुफ लामा, सन्चु लामा,ज्ञल्यामु लामा,नानी खत्री,राधिका वडारी,कान्छी श्रेष्ठ ,श्री कुमारी श्रेष्ठ,कमला लामा,मख्खन लामा,दोमन्ती थापा मगर,ठुली लामा र शान्ती लामा लगाएत रहेका थिए ।

कार्यक्रमका बिशेष अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै उप प्रमुख  शान्ती नेपालले धर्म संस्कार सस्कृती कदापि भुल्न नहुने भन्दै सबै जातजातिका चाडहरुले एक अर्का प्रती सहिष्णुता,आत्मियता,भातृत्वको बिकास गर्नुपर्नेमा जोड दिदै २८५८ औँ बाघ वर्ष सोनाम ल्होछार को शुभकामना  ब्यक्त गरेकी थिईन।

कार्यक्रमका प्रमुख अतिथीको रुपमा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख  सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकामा स्थापित एकल महिला समुहले विभिन्न कार्यक्रम गर्दै आईरहेको  बताउदै धर्म संस्कार सस्कृतीको संरक्षण र सम्बर्द्धनका लागि २८५८ औ सोनाम ल्होछार बाघ बर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम तथा जेष्ठ नागरिक सम्म्मान कार्यक्रमको आयोजना गरेर धन्यवादको पात्र  भएको बताए। उनले  सबै जात जाती धर्म सस्कृती संस्कार,संघ संस्था लगाएतलाई समेटेर गोकर्णेश्वर नगरपालिका मुलुककै एउटा नमुनाको नगरपालिकाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको समेत  बताएका थिए।कार्यक्रममा जिसस काठमाडौं की सदस्य सान्नानी लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।