Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/01/272236284_336840198290949_297412394730674805_n-e1643591320426.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कांग्रेस महामन्त्री गगन थापाको क्षेत्रमा गठबन्धनको कसरत …

कपन अनलाइन

काठमाण्डौ ,माघ १७।

नेपाली कांग्रेसले कुनै पनि दल संग गठबन्धन नगरी एक्लै निर्वाचन लड्नुपर्ने धारणा राख्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको निर्वाचन क्षेत्रमा गठनबन्धनका दलहरुले सहकार्यको कसरत सुरु गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा  ८ वडाहरु पर्ने  बुढानिलकण्ठ नगरपालिकाका नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दुई चरण छलफल गरिसकेका छन।

माघ १६ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको फ्रेस फार्म रेस्टुरेन्टमा नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकीको संयोजनमा भएको सो छलफलमा काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका काठमाण्डौ जिल्ला अध्यक्ष कुसुम कुमार कार्की र प्रदेस सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति न्युछे नारायण श्रेष्ठको उपस्थिति रहेको थियो।

जेष्ठ महिना भित्र हुने भनिएको स्थानीय निर्वाचन घोषणा हुने अवस्थामा भएको गठबन्धनको सो छलफलमा नेपाली कांग्रेसका नगर सभापती बुढाथोकी सहित रामप्रसाद लुइँटेल,राजु खड्का,मनोज सिग्देल र शंकर कुइकेल सहभागी रहेका थिए भने नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ, धुर्वराज न्यौपाने, निरन्जन नेपाल  पुरुषोत्तम नेपाल र प्रमोद ढकाल  सहभागी रहेका थिए।

त्यस्तै उक्त छलफलमा नेकपा माओवादी केन्द्रका डम्बर अधिकारी,अम्बर बिक,महेन्द्र सुनार,राजेन्द्र श्रेष्ठ,भाइनारायण श्रेष्ठ,सुवाष राई,टिका नगरकोटीको पनि सहभागिता रहेको थियो।

सो  छलफलमा  नगरपालिकामा गठबन्धनको सहकार्य र स्थानीय सरकारका गलत कामको भण्डाफोर गर्ने वारेमा चर्चा गरिएको नेपाली कांग्रेस प्रदेस ४ (क) का सचिव मनोज सिग्देलले जानकारी दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।