गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा एक घर पांच बिरुवा अभियान
कपन अनलाइन
काठमाडौँ, माघ १२ ।गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा एक घर पांच बोट बिशेष हरियाली कार्यक्रम सम्पन्न भएको छ। प्रगतिशिल महिला समूह गोकर्णेश्वर ७ को आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा एक घर पांच वटा फलफूलका बिरुवा बितरण गरिएको हो ।एक घर पांच फलफूलका बिरुवा’ रोपी हरियाली प्रवर्द्धन गर्ने नीति अनुरुप वडा नं ७ मा करिब ४० जनालाइ बिभिन्न प्रजातिका बिरुवा तथा पानी हाल्ने जार वितरण गरिएको हो।
प्रगतिशिल महिला समूहकी अध्यक्ष शर्मिला रिजालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल गोकर्णेश्वर नगरपालिका प्रशासन प्रमुख टंकनाथ घिमिरे,आर्थिक शाखा प्रमुख पुण्य प्रसाद दाहाल, महिला बालबालिका तथा सामाजिक बिकास शाखाकि भीमा थापा,वडा सदस्य बिन्दा सापकोटा,सिद्दीबिनायक टोल सुधार समितिका अध्यक्ष नानीकाजी गिरि लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रगतिशिल महिला समूहकी सदस्य राधिका सापकोटाले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष सृष्टि घिमिरेले कार्यक्रमको उदेश्यमाथी प्रकाश पारेकी थिइन ।कार्यक्रमको प्रमुख अतिथि तथा बिशेष अतिथिले कार्यक्रम स्थल प्राङ्गणमा बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कोभिडको कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तथा संक्षिप्त रुपमा आयोजना गरिएको कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले आममानिसको स्वास्थ्यका लागि हरियाली वातावरण अपरिहार्य रहेको बताएका थिए। कार्यक्रमले हरियाली प्रवद्र्धन भई स्वच्छ वातावरण कायम हुने बिश्वास ब्यक्त गर्दै नगरपालिकाले सबै वडामा सोहि किसिमको कार्यक्रम गर्दै आएको जानकारी गराएका थिए।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै वडा अध्यक्ष केशब गुरुङले बजारमा पाउने फलफूलमा बढि मात्रामा बिषादीको प्रयोग हुने र जसले गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पर्ने हुदाँ आफ्नै घरमा फलफुल उत्पादन गरेर खानुपर्नेमा जोड दिएका थिए । ‘एक घर एक फलफूलका बोटबिरुवा रोप्न सक्यौं भने आफैंलाई खान पनि हुने हरियाली पनि हुने अध्यक्ष गुरुङले भने । उनले आवश्यकता अनुसार थप बिरुवा वितरण गरिने जानकारी गराउदै प्राप्त बिरुवा संरक्षण गरि हुर्काउनमा जोड दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले आयोजकलाइ धन्यवाद दिदै कार्यक्रमले हरियाली प्रवर्द्धनमा सहयोग पुर्याउने बिश्वास ब्यक्त गरेका थिए । आममानिसको स्वास्थ्यका लागि हरियाली वातावरण अपरिहार्य रहेको भन्दै उनले सो यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए ।
नगरपालिकाले नगर सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउदै पर्यावरण संरक्षण अहिलेको अपरिहार्य आवश्यकता भएको बताए ।फलफूलका बिरुवा रोपणले एकातिर हरियाली प्रवद्र्धन हुने र अर्कोतिरपछि फलफूलको उपलब्धता पनि हुने बताउदै प्राप्त बिरुवा संरक्षणमा जोड दिएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै प्रगतिशिल महिला समूहकी अध्यक्ष शर्मिला रिजालले उपस्थित सबैलाई धन्यबाद दिएकी थिइन।