बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई कोरोना संक्रमण,सचेत रहन नगरवासीमा अपिल
कपन अनलाइन
काठमाण्डौ ,माघ ८।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई कोरोना संक्रमण भएको छ। नगर प्रमुख खरेलले आफ्नो सामाजिक संजाल फेसबुकमा एक सन्देस लेख्दै केहि दिन उपचारमा बस्नु परेको जानकारी दिएका छन।
“मानिसको सवैभन्दा ठूलो सम्पती उसको शरीर(ज्यान) हो र सवैभन्दा बलियो शत्रु रोग हो” भन्दै नगर प्रमुख खरेलले कार्यालयको काम भएमा 9849631992 मा सम्पर्क गर्न वा SMS गर्न आग्रह गरेका छन।
कोरोना प्रकोपको तेश्रो लहर संग जुद्दा जुद्दै संक्रमण भएकोले केहि दिन स्वास्थ्य मापदण्ड अपनाउदै आइसोलेसनमा बसेको जानकारी दिदै प्रमुख खरेलले यस महामारी संग सचेत भएर जुध्न अपिल समेत गरेका छन।
तपाइँको प्रतिक्रिया ।