बुढानीलकण्ठ नगरपालिका दुई स्थानमा ‘एन्टिजेन’ परिक्षण हुने , कुन कुन बार ?

बुढानीलकण्ठ नगरपालिका दुई स्थानमा ‘एन्टिजेन’ परिक्षण हुने , कुन कुन बार ?

कपन अनलाइन

काठमाण्डौ ,माघ ४।

बुढानीलकण्ठ नगरपालिकाको घुम्ति स्वास्थ्य चौकि र कपन चौकिमा कोरोना भाईरस ‘एन्टिजेन’ परिक्षण भईरहको छ । कोभिड-१९ संक्रमणको लक्षण देखिएका व्यक्त्तिहरुले सोमबार र बिहिबार बिहान ११ बजे देखी २ बजे सम्म वडा नं ०३ स्थित घुम्ति स्वास्थ्य चौकि र वडा नं ११ स्थित  कपन स्वास्थ्य चौकिमा गई ‘एन्टिजेन’ परिक्षण गर्नुहुन नगरपालिका जनस्वास्थ्य महाशाखाले अनुरोध गरेको हो ।

सामान्य रुघा खोकि बाहेक निरन्तर ज्वोरो आउने, स्वास लिँदा गार्हो हुने, थकाई लाग्ने, खानेकुराको स्वाद\गंध नहुने, मांसपेशि(पेट) दुख्ने आदि जस्ता लक्षणहरु देखा परेमा कोरोना भाईरस को संक्रमणको डर हुने भएकोले यस्तो अवस्थामा तुरुन्तै स्वास्थ्यकर्मिको सहयोग लिई परिक्षण गराउन नगर प्रमुख उद्धव प्रसाद खरेलले नगरवासीहरुमा अपिल  गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।