काठमाडौँमा आजबाट बुस्टर डोज, कहाँ कहाँ छन खोप केन्द्र ?
कपन अनलाइन
काठमाण्डौ ,माघ ३।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । काठमाडौँमा आज सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ ।
बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ । सोमबारबाट काठमाडौंका १७ स्थानमा लगाउन जनाइएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको छ ।
काठमाडौंमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।