बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले पद बहाली गरे

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले पद बहाली गरे

कपन अनलाइन

काठमाण्डौ ,माघ २।

बुढानिलकण्ठ नगरपालिकामा भुवनेश्वर लामिछानेले पद बहाली गरेका छन। बुढानिलकण्ठमा सरुवा  भएर आएका लामिछानेले आज माघ २ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा पद बहाली गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको ५७ उपसचिवहरुको सरुवामा बुढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत लामिछाने  आएका हुन।

संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त समुहमा रहेका लामिछानेले  यस अघि साविक कपन गाविसमा सचिवका रुपमा पनि काम गरिसकेका छन।

तारकेश्वर नगरपालिकाका स्थानीय बासिन्दा लामिछाने आए संगै यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की कञ्चन रुप नगरपालिका सप्तरी सरुवा भएका छन ।

 

तपाइँको प्रतिक्रिया ।