गोकर्णेश्वरको र्ईष्टपोल माबी बाट बालबालिकालाइ कोरोना बिरुद्द खोप अभियान शुभारम्भ

गोकर्णेश्वरको र्ईष्टपोल माबी बाट बालबालिकालाइ कोरोना बिरुद्द खोप अभियान शुभारम्भ

कपन अनलाइन

काठमाडौं पौष  २९ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ नारायणटारमा संचालित ईष्ट पोल माध्यामिक बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुले कोरोना बिरुद्दको खोप लगाएका छन। उक्त बिद्यालयमा अध्ययनरत १२ बर्ष देखि १७ वर्ष सम्मका  उमेर समूहका ५५८ जना  बिद्यार्थीहरुले कोरोना बिरुद्दको फाईजर  बायोएन्टिक  खोपको पहिलो मात्रा लगाएका हुन ।  गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रमा संचालित बिध्यालयमा अध्ययनरत बिद्यार्थीकोबिवरण मागेको थियो ।

सोहि बिवरणको आधारमा उक्त बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई खोप लगाइएको हो खोप कार्यक्रमको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले शुभारम्भ गरेका हुन ।उक्त कार्यक्रममा नगर प्रमुख चालिसे सहित गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर प्रसाद सापकोटा, प्रधानाध्यापक राजेश राइ ,सहित स्वास्थ्यकर्मी,  शिक्षक अभिभावक र बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

बिहान १०:३० बजे बाट शुरु भएको खोप कार्यक्रम अपरान्ह ३ बजे सम्म चलेको थियो ।खोप सुभारम्भ गर्दै नगर प्रमुख सन्तोष चालिसेले नगर क्षेत्र भित्र संचालनमा रहेका सबै बिध्यालयका बिद्यार्थीहरुलाई खोप लगाइने बताएका थिए।

नगरपालिकाले तालिका नै बनाएर खोप  लगाउने कार्य अघि बढाएको छ ।  सरकारले मङ्गलबारबाट विद्यालय बन्द गर्ने  भए पनि खोप कार्यक्रम भने यथावत् सञ्चालन हुनेछ । खोपहरू पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।