वडा अध्यक्ष सहित स्थानीयहरुलाई हिरासतमा पुर्याएको तेन्जिङ्ग चोक-खरिबोट सडक बन्ने भयो
कपन अनलाइन
काठमाण्डौ ,पौष ९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को मुख्य सडकका रुपमा रहेको तेन्जिङ्ग चोक-खरिबोट सडक निर्माण अन्तिम चरणमा पुगेको छ। करिव ७ वर्ष देखि अलपत्र रहेको सो सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ।
उक्त सडक खण्डको खरिबोट क्षेत्र बाट कालोपत्रेका लागि तयारी गरिएको सो सडक अलपत्र परेपछि सडक विभागमा पुगेका पिडित स्थानियवासीहरुले तालाबन्दी गर्दा प्रहरी हिरासतमा समेत परेका थिए ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई सहित सडक निर्माणको पहल गर्न आग्रह गर्दै सो कार्यालय पुगेका स्थानीयहरुले करिव २ घण्टा प्रहरी वृत तिनकुनेमा बिताएका थिए।
बुढानिलकण्ठ नगरपालिकाको पुरानो मध्येको एक सो सडक वडा नं १३ र २ सहित काठमाण्डौ महानगरपालिकाको वडा नं ६ लाई जोड्छ।ठेक्का सम्झौता भएर पनि निर्माणमा निकै उदासिन रहेको ठेकेदार कम्पनि सहित सरोकारवाला निकायलाई निकै दवाव दिएपछि निर्माणको काम अगाडी बढेको एक स्थानीयले बताएका छन।
उक्त सडक निर्माण अलपत्र पर्दा सो क्षेत्रको व्यवसाय , आर्थिक गतिविधि र आवतजावतमा समेत प्रत्यक्ष अशर परेको जानकारी दिदै ति स्थानीयले सडक निर्माण अन्तिम चरणमा पुगेकोले खुसि लागेको बताएका छन।