गोकर्णेश्वर नगरपालिकामा प्रथम मेयर कप खुल्ला कराते प्रतियोगिता सम्पन्न, इचंगु कराते डोजो बन्यो टिम च्याम्पियन
कपन अनलाइन
काठमाडौँ, पौष ५। गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा तोयाकान नेपाल बादो-रियो कराते डो संघको संयोजकत्वमा आयोजित प्रथम मेयर कप खुल्ला कराते प्रतियोगिता सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित लिबर्टी एकेडेमीको प्रांगणमा शनिबार र आइतबार गरि दुइ दिन सम्म चलेको उक्त प्रतियोगिता समापन सत्रका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति संयोजक संजय लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल,
नेपाल तोयाकान नेपाल बादो-रियो कराते डो संघका प्रमुख सल्लाहकार सम्भु प्रसाद अधिकारी,गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास समिति शाखाका स्रोत ब्यक्ति राम नारायण शाह, पन्चकन्या धागो उद्योग प्रोप्राइटर बिष्णु कार्की,अन्तर्राष्ट्रिय रेफ्री तथा कार्यक्रमका रेफ्री संयोजक राम लामा, (मुक्रपदेवि विद्यालय व्यवस्थापन समिति,धादिङका अध्यक्ष मानिस तामाङ लर्ड्स लाइट एकेडेमीका प्रिन्सिपल निराजन आचार्य,कलाकार छिरिंग हेल्मु शेर्पा,गोकर्णेश्वर फुटबल बिभाग प्रमुख विकास राइ, गोकर्णेश्वर फुटसल बिभाग संयोजक राम कुमार तामाङ, तोयाकान नेपाल बादो-रियो कराते डो एसोसिएसनका उपाध्यक्ष अजय भक्त श्रेष्ठ सहित खेलाडी रेफ्री र खेल प्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति कराते बिभागका संयोजक एबम तोयाकान नेपाल बादो-रियो कराते डो एसोसिएसनका प्रमुख प्रशिक्षक अरुण कुमार कार्की ले गरेका थिए भने कार्यक्रम संचालन , गोकर्णेश्वर युवा तथा खेलकुद समिति सदस्य ओम प्रसाद ढकालले गरेका थिए।राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा अर्याल गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास समिति शाखा का स्रोत ब्यक्ति राम नारायण शाहले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति संयोजक संजय लामा बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल, गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाल तोयाकान नेपाल बादो-रियो कराते डो संघका प्रमुख सल्लाहकार सम्भु प्रसाद अधिकारी,गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल लगायतले शुभकामना राखेका थिए उनीहरुले कोरोना कहर पछि पुन खेलकुद गतिबिधिललाई चलायमान बनाउन नगरपालिकाले खेलकुद समिति मार्फत बिभिन्न कार्यक्रम गर्दै आएको बताएका थिए भने खेलाडी उत्पादनको लागि प्रशिक्षकहरुको ठुलो भूमिका हुने भएको हुँदा स्थानीय प्रशिक्षकहरुलाई तालिम लगायतको सुबिधा प्रदान गर्ने नगरपालिकाको योजना रहेको बताएका थिए ।
प्रतियोगितामा इचंगु कराते डोजो, नागार्जुन नगरपालिकाले ६ स्वर्ण पदक,५ रजत पदक, र ६ कास्यसहित प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी वादोकाइ कराते डो संघ,तारकेश्वर नगरपालिका दोस्रो हुन सफल भएको छ भने मानसिंह डोजो,तारकेश्वर नगरपालिका तृतीय हुन सफल भएको छ ।प्रतियोगितामा उत्कृष्ट अनुसाशित टिमको उपाधि तोयाकन वादोरियो गोकर्णेश्वरले हासिल गरेको छ ।
प्रतियोगितामा बेष्ट फाइटरको उपाधि प्रतीक्षा तामाङ, सुजन राइ,विवस लामा र एलिसा थापा मगरले हासिल गरेका थिए। कार्यक्रममा अन्तर्राष्ट्रिय रेफ्री तथा कार्यक्रमका रेफ्री संयोजक राम लामालाइ समेत सम्मान गरिएको थियो ।प्रतियोगितामा बिजेता उप बिजेता र उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।कार्यक्रममा लिबर्टी एकेडेमीमा अध्यनरत बिद्यार्थीहरुले नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।
कार्यक्रममा १५ वटा टिमका करिब ३५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । अध्यक्षको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति कराते बिभागका संयोजक एबम तोयाकान नेपाल बादो-रियो कराते डो एसोसिएसनका प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।उनले कार्यक्रमलाइ सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।