चौथो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधी मनकामना स्कुललाई
कपन अनलाइन
काठमाडौँ, मंगसिर २३। गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा छहारी युवा क्लब द्वारा आयोजना गरिएको चौथो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधी मनकामना स्कुलले जितेको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउ स्थित नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन भएको सो प्रतियोगीतामा कुल २४ वटा बिध्यालयका बिद्यार्थीहरुको टिमले सहभागीता जनाएका थिए । मंगसिर ९ गते देखि शुरु भएको सो प्रतियोगीताको फाइनल खेल मनकामना स्कुल सांग्रिला पब्लिक स्कुल बीच भएको थियो।
निकै नै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा मनकामना स्कुलले सांग्रिला स्कुललाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधी माथि कब्जा जमाएको हो । त्यसै गरि सोहि दिनतेस्रो स्थानका लागि माउन्ट ग्लोरी स्कुल र त्रिज्योति स्कुल बीच भएको खेलमा माउन्ट ग्लोरीले त्रिज्योति स्कुललाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। जित संगै मनकामना स्कुलले नगद रु २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उप बिजेता सांग्रिला स्कुलले नगद रु १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसै गरि तेस्रो भएको माउन्ट ग्लोरीले नगद रु ५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
उक्त प्रतियोगितामा उत्कृष्ट गोल रक्षकको रुपमा मनकामना स्कुलका बिबेक श्रेष्ठ घोसित भए भने सर्वाधिक गोलकर्ताको उपाधी समेत मनकामना स्कुलका बिरेन पुलामी मगरले हात पारे ।उत्कृष्ट खेलाडी माउन्ट ग्लोरी स्कुलका संजय स्याङ्तान घोसित भएका थिए। छहारी युवा क्लबको २९ औ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर बिध्यालय वक्तृत्वकला प्रतियोगितामा बिजयी बिद्यार्थीहरुलाई पनि सोहि अवसरमा पुरस्कार वितरण गरिएको थियो। उक्त प्रतियोगितामा छहारी शिक्षा सदनमा अध्यनरत प्रतीक्षा कोइराला प्रथम भएकी थिइन् भने लिबर्टी स्कुलका सम्पन्न ढकाल दितीय र सरस्वति स्कुलकि गृष्मा भोलन तृतीय भएकी थिइन। कार्यक्रममा बिजेता उप बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एबम वडा नं८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना वडा सदस्य नन्दलाल श्रेष्ठ, छहारी युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ समाजसेवी भावना ठकुरी लगायतले पुरस्कार वितरण गरेका थिए ।कार्यक्रममा साहित्यकार खेलाडीहरुलाई समेत बिशेष सम्मान गरिएको थियो ।