नेकपा माओवादी केन्द्रको नगर अधिवेसन र रबिन अधिकारीको राजनीतिक परिक्षा

नेकपा माओवादी केन्द्रको नगर अधिवेसन र रबिन अधिकारीको राजनीतिक परिक्षा
कपन अनलाइन
काठमाण्डौ,मंगसिर ९।
नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको नगर अधिवेसन यहि मंगसिर ११ गते हुदैछ। नेपाली कांग्रेस र नेकपा एमालेको नगर अधिवेसन सम्पन्न भएर नयाँ नेतृत्व चयन पछि हुन् लागेको यो अधिवेसनलाई नगरपालिकामा निकै चासो साथ हेरिएको छ।
नगर अधिवेसन नजिकिदै गर्दा अहिले नेकपा माओवादी केन्द्रको नगरमा नेतृत्व र हालका अध्यक्ष रबिन अधिकारीको भूमिका र अवस्थाका वारेमा पनि अहिले व्यापक चर्चा भैरहेको छ।
बुढानिलकण्ठ नगरपालिकामा नेकपा माओवादी केन्द्रको अध्यक्ष हुदै सर्वदलीय संयन्त्रमा प्रवेस गरेका अधिकारीले फेरी पनि नेतृत्व दोहोराउलान वा विदा लेलान ? यो प्रश्न अहिले बुढानिलकण्ठको राजनीतिक वृतमा निकै चर्चा हुने गरेको प्रश्न हो ।
 बुढानिलकण्ठ नगरपालिकामा  करिव ९ वर्ष ( नेकपाको ४१ महिना ) राजनीतिक नेतृत्वमा रहेका अधिकारीले यस पटक पनि दोहोरिने वा नेतृत्व हस्तान्तरण गर्ने ? भन्ने प्रस्ट भएको छैन।
नेकपा माओवादी केन्द्रको संगठन अन्य पार्टीको तुलनामा कमजोर भएपनि पार्टीको भूमिका र स्थानलाई नगरपालिकाको राजनीतिमा प्रभावशाली र निर्णायक बनाउन सफल भएका अधिकारीले अव गर्ने निर्णयले धेरै हद सम्म पार्टीको राजनीतिक भविष्य निर्धारण गर्ने एक नगर सदस्यले बताएका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा  १०.३८ प्रतिसत मत प्राप्त गरेका अध्यक्ष अधिकारीले तत्काल नेतृत्व छोड्नु राजनीतिक परिपक्वता नहुने नेकपा माओवादी केन्द्रका एक जिल्ला सदस्यले बताए।
अझै केहि समय पार्टीको प्रभाव र संगठन विस्तारमा उनको भूमिका आवस्यक रहेको भन्दै ति सदस्यले उनले हठात गर्ने निर्णयले दुरगामी असर पार्न सक्ने तर्फ ध्यान दिनुपर्ने धारणा राखेका छन।
नगर अधिवेसन नजिकिदै गर्दा केहि नेता अध्यक्षमा दावी गर्नेहरु अगाडी आएपनि अहिले सम्म ठोस छलफल र चर्चा नभएकोले यसै भन्न सकिने अवस्था नरहेको बताउदै एक नगर सदस्यले अधिकारीले औपचारिक रुपमा मुख खोलेपछि मात्र थप भन्न सकिने धारणा राखेका छन।
पर्ख र हेरको अवस्थामा रहेका अधिकारीले आफु नभए नगर कमिटीको कार्यालय टिम भित्रबाट नै अध्यक्ष हुनुपर्छ भन्ने मसिनो आवाज अनौपचारिक रुपमा दिए पनि ठोस निर्णयमा भने अझै नपुगेको उनि निकट श्रोतले जानकारी दिएको छ।
नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको नेतृत्व दावी गर्ने मनसाय देखाएका कतिपय नेताहरु अहिले अध्यक्ष अधिकारीको निर्णय कुर्दै उनको मुख ताकेर बसेको र केहि नेताहरुले आन्दोलन नै छाडेर राजनीतक गद्दारी गरेको कठिन समयमा पार्टीलाई उठाउने साहास अधिकारीले गर्लान कि नगर्लान ? यो मुख्य प्रश्न रहेको माओवादी निकट एक बुद्दिजीवी बताउछन।
बुढानिलकण्ठ नगरपालिकामा नेकपा माओवादी केन्द्रको साख र प्रभावलाई जोगाउने जोखिम अधिकारीले उठाउलान कि नेतृत्व परिवर्तन गरेर जोखिम मोल्लान ? यो उनले आगामी दिनमा गर्ने निर्णयले देखाउने भन्दै ति बुद्दिजीवीले राजनीतिक जीवनको कठिन परिक्षामा उनि रहेको धारणा ब्यक्त गरेका छन।
तपाइँको प्रतिक्रिया ।