काठमाण्डौ क्षेत्र नं ४ बाट नेकपा एमाले महाधिवेसन प्रतिनिधिको चर्चामा को को छन ?
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २२।
नेकपा एमालेको १० औ महाधिवेसन नजिकिदै गर्दा प्रतिनिधिहरुका लागि पनि चर्चा शुरु भएको छ।
कार्तिक २७ गते देशका सबै निर्वाचन क्षेत्र र अन्य विशेष क्षेत्रमा महाधिवेसन प्रतिनिधि चयन गर्ने तयारी भैरहेको अवस्थामा काठमाण्डौ क्षेत्र नं ४ मा पनि आन्तरिक र खुल्ला रुपमा तयारी र दावीको शिलसिला शुरु भएको छ।
काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा पनि महाधिवेसन प्रतिनिधि छनौटको दिन नजिकिदै गर्दा आकांक्षीहरुको लामो पंक्ति नै देखा परेको छ। यस अघि पटक पटक महाधिवेसन प्रतिनिधि भएका देखि युवाहरुले समेत काठमाण्डौ क्षेत्र नं ४ बाट १० औ महाधिवेसनमा जाने इच्छा र चाहाना व्यक्त गर्दा यहाको राजनीतिक माहोल निकै तातेको छ।
अहिले काठमाण्डौ क्षेत्र नं ४ मा बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेल ,उद्दव खरेल र मिठाराम अधिकारीको नाम चर्चामा आएको छ भने जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल,सह संयोजक लक्ष्मी संगौला र कार्यालय सचिव विदुर विक्रम खड्का पनि दौडमा रहेको श्रोतले जानकारी दिएको छ।
त्यस्तै काठमाण्डौ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले पनि महाधिवेसन प्रतिनिधिमा जाने तयारी गरेको चर्चा चलिरहेको अवस्थामा क्षेत्र नं ४ का पुर्व सदस्यहरु धुर्व भट्टराई र पुन्यराज पुडासैनी पनि महाधिवेसन प्रतिनिधिको दावेदार देखिएका छन।
त्यस्तै क्षेत्र नं ४ को कपन क्षेत्र बाट केहि वडा अध्यक्षहरुले आन्तरिक छलफल चलाएपनि खुलेर आफ्नो दावी प्रस्तुत गरेका छैनन भने जिल्ला कमिटी सदस्य तथा पुर्व इन्चार्ज शिव भट्टराई पनि निकै बलियो दावेदार रहेको चर्चा पनि अहिले चलिरहेको छ।
यसै गरी महिला तर्फ अन्जु शर्मा काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिको बलियो दावेदार देखिएकी छन भने शुशिला सिलवाल र निर्मला खड्का पुडासैनी पनि सम्भावित उम्मेदवारका रुपमा देखिएका छन।
२०६४ शालको पहिलो संविधान सभाको निर्वाचन देखि लगातार तिन पटक काठमाण्डौ क्षेत्र नं ४ मा पराजित भएको नेकपा एमालेमा अहिले व्यापक परिवर्तनको महसुस हुने गरी प्रतिनिधि छनौट हुनुपर्ने माग उठेको एक क्षेत्रीय नेता बताउछन।
एकै नीति,नेतृत्व,विधि ,प्रवृति र शैलीबाट निर्वाचन लड्दा पटक पटक दुखद परिणाम भोगेको तर्फ सचेत र संवेदनशील बन्दै यस पटक परिवर्तन आवस्यक रहेको बताउदै उनले माथिका नामहरु अहिले चर्चामा आएपनि अन्य धेरै आकांक्षी बढ्न सक्ने धारणा राखेका छन।