जोरपाटी–सुन्दरीजल सडकको बाँकी खण्ड तिहार लगत्तै कालोपत्रे हुने

जोरपाटी–सुन्दरीजल सडकको बाँकी खण्ड तिहार लगत्तै कालोपत्रे हुने

कपन अनलाइन

काठमाडौं, कात्तिक १७ ।जोरपाटी–सुन्दरीजल सडक आगामी मङ्सिर सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाईएको छ  । विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो । हाल सम्म तीन किलोमीटर सडक कालोपत्रे सम्पन्न भइसकेको  सो सडकको बाँकी ४ किलोमिटर  सडक खण्ड तिहार  लगत्तै कालोपत्रे गर्न लागिएको सी एम कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सन्त कुमार श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए।

 अहिले साइड क्लियरेन्स र बेस हाल्ने काम द्रुत गतिमा अघि बढेको पनि उनले  जानकारी गराएका छन ।विद्युत प्राधिकरण र दुरसंचारले पोलहरु हटाउन ढिला गरेपछि काममा अवरोध भए  पनि काम भने निरन्तर  भइरहेको  उनले जानकारी गराए ।लामो समयदेखि तोकिएको मापदण्ड २२ मिटर कायम गर्नका लागि प्रयास भए पनि नसकिएपछि अहिलेकै अवस्थामा कालोपत्र गर्न लागिएको हो । नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सातरसात मिटर बिस्तार गर्ने सहमति गरे पश्चात काम अघि बढेको हो    ।

तपाइँको प्रतिक्रिया ।