इकाई सभापतिका दावेदार नन्दलाल श्रेष्ठले गरे क्रियाशील सदस्यहरु संग अन्तरक्रिया

इकाई सभापतिका दावेदार नन्दलाल श्रेष्ठले गरे क्रियाशील सदस्यहरु संग अन्तरक्रिया

कपन अनलाइन

काठमाडौँ, असोज १ । नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को इकाई सभापतिका दावेदार नन्दलाल श्रेष्ठले नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु सँग छलफल गरेका छन् । यस अघि भाद्र २६ गते पुराना क्रियाशिल सदस्यहरु सँग छलफल गरेका उनले नयाँ क्रियाशिल सहितको नामावली सार्वजनिक भए संगै  नयाँ र पुराना क्रियाशिल सदस्यहरुलाई आफ्नो उम्मेदवारीका विषयमा बुझाउन र आवश्यक राय सल्लाह लिनका लागी छलफल कार्यक्रम राखेको जानकारी गराएका छन्।

आज ओसिस पार्टी प्यालेसमा भएको उक्त छलफलका क्रममा श्रेष्ठले नयाँ तथा पुराना क्रियाशिल सदस्हयरुको उल्लेख्य उपस्थितीले आफूलाई अगाडी बढ्न थप उर्जा र हौसला मिलेको भन्दै आफूलाई सघाउन आग्रह गरेका छन ।असोज ५ गते हुने इकाई अधिवेशनमा आफूलाई इकाई सभापतिको बलियो उम्मेदवारको रुपमा दाबी गर्दै श्रेष्ठले सहयोगका लागि अग्रज, क्रियाशिल, शुभचिन्तक सबैलाई आग्रह समेत गरेका छन् । कार्यक्रममा इकाई सभापतिका अन्य दावेदार सहित स्थानीय नेता, कार्यकर्ता तथा गोकर्णेश्वर नगरपालिका  वडा नं ८ का क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।