नेपाली कांग्रेस चम्पादेवी-९ को सभापतिमा केदार पुडासैनी
कपन अनलाइन
ओखलढुंगा,भाद्र २०।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ९ इकाई समितीको सभापतिमा केदार पुडासैनी सर्वासम्मत चयन भएका छन। वडा नं ९ को डलिडाडामा भएको वडा अधिवेसनले पुडासैनीको नेतृत्वमा २१ सदस्यीय समिति चयन गरेको हो।
नेपाली कांग्रेस चम्पादेवी गाउँपालिका समितीका सचिव सुजन पौडेलको उपस्थितिमा भएको अधिवेसनले उपसभापतिमा खड्ग बहादुर बाेगटी र लाेक बहादुर मगरलाई चयन गरेको छ भने गेल्वु शेर्पा र उत्तम कार्कीलाई सचिवमा चयन भएका छन ।
समितिको काेषाध्यक्षमा टेण्डि शेर्पा र सहसचिवमा दुर्गा बहादुर मगर सहित वडा समिति सर्वसम्मत चयन गरिएको जानकारी दिदै गाउँपालिका समितीका सचिव पौडेलले अधिवेसनले लामो समय देखि राजनीतिमा सक्रिय अनुभवी नेतृत्व चयन भएकोमा खुसि लागेको बताएका छन।
गाउँपालिकामा निकै चासो र प्राथमिकताका साथ् लिने गरिएको २०७४ शालको निर्वाचनमा नेकपा एमालेले जितेको एक मात्र वडा नं ९ मा झम्कहरी बडाल वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार यम बहादुर पुडासैनी १८ मत अन्तरले पराजित भएका थिए।
सो अधिवेसनमा एमाले परित्याग गरि ढक बहादुर मिश्र र रमेश बराल तथा नेकपा माओवादी केन्द्र परित्याग गरि खड्ग बहादुर बुढाथोकी नेपाली कांग्रेसमा प्रवेस गरेका थिए।