लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा आयोजित रक्तदान सम्पन्न

लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा आयोजित रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौं, भाद्र २० । रक्तदान जीवन दान भन्ने मूल नाराको साथमा  गोकर्णेश्वर १ सुन्दरीजल बिपी चोकमा  नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले आज  शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित वी पी चोक सुन्दरीजलमा कान्तिपुर रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा   बिहान १० बजे देखि २ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालन  भएको उक्त कार्यक्रममा ३१ जना रक्तदाताले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले कपन अनलाइनलाइ  जानकारी गराए ।

 रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित  क्लबको बार्षिक कार्यक्रम अनुसार  उक्त कार्यक्रम आयोजना गरिएको हो  छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ३१ जनाले मात्र रक्तदान गरेको जानकारी गराउदै बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकको तर्फ बाट उनले धन्यबाद दिएका छन ।

 लायन्स क्लब अफ काठमाडौं  नयाँपाटी भिक्टोरियसले   प्रत्येक तीन तीन महिनामा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ ।उक्त कार्यक्रममा लायन्स लिडरहरुले रक्तदाताहरुलाई रक्तदान गरेकोमा प्रशंसापत्र प्रदान गरेका थिए   ।

फोटो : सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।