कागेश्वरी मनोहरा नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गर्यो
कपन अनलाइन
काठमाडौं, भाद्र १९। कागेश्वरी मनोहरा नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले नगरपालिकामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वम्सेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन ।सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्न महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै नगरपालिकामा सञ्चालित स्वास्थ्य संस्थाहरुको व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाहरुको उल्लेखनीय भूमिका रहेको बताएका थिए ।
उनले नवशिशु मृत्युदर, बालमृत्युदर र मातृ मृत्युदर घटाउन पनि महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको नगर प्रमुख थापाले बताएका थिए ।कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख थापाले महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाहरुलाई यातायात खर्च र संचार खर्च पनि प्रदान गरेका थिए ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, नगर प्रवक्ता राजाराम पुडासैनी, वडा नं.१ का वडा अध्यक्ष मुकुन्द गजुरेल, नगर कार्यपालिका सदस्य कला घिमिरे लगायत जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु र नगरपालिकामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वमसेविकाहरुको सहभागिता रहेको थियो ।