कागेश्वरीको ९ वटै वडाका खोप केन्द्र बाट कोभिड १९ बिरुद्द भेरोसेल खोपको दोस्रो मात्रा लगाइने
कपन अनलाइन
काठमाडौं, भाद्र १० ।कागेश्वरी मनोहरा नगरपालिकाले कोभिड १९ बिरुद्द भेरोसेल खोपको दोस्रो मात्रा संचालन सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ। नगर प्रवक्ता राजाराम पुडासैनीले जारि गरेको उक्त सुचनामा कोभिड १९ बिरुद्दको भेरोसेल खोपको दोस्रो मात्रा २०७८ साल भाद्र ११ गते देखि बिहान १० बजे देखि ४ बजे सम्म निम्न खोप केन्द्र मार्फत खोप लगाइने जानकारी गराएको छ।
खोप केन्द्रहरु:
१) गागलफेदी स्वास्थ्य चौकी वडा नं १
२) आलापोट स्वास्थ्य चौकी वडा नं २
३) भद्रबास स्वास्थ्य चौकी वडा नं ३
४) शहरी स्वास्थ्य केन्द्र वडा नं ४
५) डाँछी स्वास्थ्य चौकी वडा नं ५
६) मुलपानी नगर अस्पताल वडा नं ६
७) शहरी स्वास्थ्य केन्द्र वडा नं ७
८) शहरी स्वास्थ्य केन्द्र वडा नं ८
९) गोठाटार स्वास्थ्य चौकी वडा नं ९
तपाइँको प्रतिक्रिया ।