शंखरापुर ३ जहरसिंह पौवामा प्रथम प्रधानसेनापति शिवराम सिंह बस्न्यातको प्रतिमा शिलान्यास
कपन अनलाइन
काठमाडौं,श्रावण २२ । शंखरापुर नगरपालिका वडा नं ३ जहरसिंह पौवामा नेपाली सेनाका पूर्वप्रधानसेनापति शिवराम सिंह बस्न्यातको स्मरणस्थल निर्माण हुने भएको छ बिहिबार प्रधानसेनापछि पूर्णचन्द्र थापाले पृथ्वीनारायण शाहको पालाका प्रधानसेनापति रहेका बस्न्यातको शालिक निर्माणको शिलन्यास गरेका हुन् ।नेपाल एकीकरणको क्रममा तत्कालीन प्रधानसेनापति बस्न्यातको लडाईंका क्रममा हाल शंखरपुर नगरपालिका–३ सागाचोक गढीमा वि.स १८०३ फागुन ५ गते निधन भएको थियो। सैको सम्झाना श्रीपाली बस्न्यात समाजको सक्रियातामा नेपाली एकीकरण अभियानका पहिलो सेनापतिका रुपमा समेत लिइने बस्न्यातको स्मरणस्थल बनाउन लागिएको हो।
स्मरणस्थल बनाउनका लागि नगरपालिकाले दुई रोपनी जग्गा दिएको छ। प्रधानसेनापति बस्न्यातको सम्झनामा उनका नाती जरसिंह बस्न्यातले त्यहाँ पौवा बनाएपछि त्यस ठाउँको नाम जहरसिंह पौवा रहन गएको स्थानीय बताउँछन्। मलेसियाका लागि पूर्व नेपालि राजदुत डा. निरन्जनमान सिंह बस्न्यातको अध्यक्षतामा भएको उक्त्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रधानसेनापति पूर्णचन्द्र थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा शंखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठ, वडा नं ३ का अध्यक्ष सन्तबहादुर वाईबा तथा वडा सदस्य कर्म बल, सड कुमार खतिवडा तथा वडा नं १ का वडा सदस्य बिर बहादुर वाइबा लगायत स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रधानसेनापति थापाले प्रतिमा तथा पार्क निर्माणका लागि जग्गा उपलब्ध गराई सो कार्यमा सहयोग पुर्याएकोमा शंखरापुर नगरपालिका तथा वडा कार्यालय प्रति आभार ब्यक्त गरेका थिए |
कार्यक्रममा बोल्दै शंखरापुर नगर प्रमुख सुबर्ण श्रेष्ठले पर्यटकीय दृस्टीकोणले अथाह सम्भावना बोकेको जहरसिंहपौवाको बिकासमा सो अभियानले अझ मद्दत पुग्ने बताएका थिए । कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सन्तबहादुर वाइवाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै नेपाली सेना, शंखरापुर नगरपालिका र श्रीपाली बस्न्यात समाजले संयुक्त रुपमा निर्माण गर्न लागेको सेनापति बस्न्यातको स्मरणमा पूर्ण कदको शालिक, पार्क र उनको स्मरण झल्किने संग्राहलय निर्माणमा सबैको सहयोग रहने बिश्वास ब्यक्त गरेका थिए ।
फोटो सौजन्य : बद्रि चौलागाई