तारकेश्वर नगरपालिकाका ४ स्थानमा खुल्ला व्यायामशाला संचालनमा
कपन अनलाइन
काठमाडौँ, श्रावण ६। तारकेश्वर नगरपालिकाका ४ स्थानमा खुल्ला व्यायामशाला संचालनमा आएको छ स्वस्थ जीवन प्रवद्र्धन’ कार्यक्रम अन्तर्गत तारकेश्वर नगरपालिकाले चार स्थानमा खुला ब्यामशाला सञ्चालनमा ल्याएको हो ।तारकेश्वर नगरपालिकाले करिब ३९ लाख रुपैयाको लागतमा तारकेश्वर नगरपालिकाको वडा नं १० लोकतान्त्रिक पार्कमा, वडा नं ८ को पिपलडाँडामा, वडा न ५को धितालथोकमा र वडा न २ को काभ्रेस्थलीमा व्यायामशाला निर्माण गरिएको तारकेश्वर खेलकुद विकास समितिका अध्यक्ष एबम वडा अध्यक्ष बलराम सिटौलाले जानकारी गराएका छन् ।
व्यायामशाला युवादेखि ज्येष्ठ नागरिकहरु सम्मका लागि निशुल्क रुपमा खुल्ला गरिएको छ ।सबै नागरिकहरुलाई स्वस्थ बनाउने उदेश्य सहित शारीरिक व्यायाम र खेलकुद मानव जीवनको अभिन्न अंग भएको हुँदा १ वडा १ ब्यायाम स्थल बनाउने नगरको योजना रहेको समेत वडा अध्यक्ष सिटौलाले जानकारी गराएका छन ।“रोग लाग्नुभन्दा रोकथामको उपाय गर्नु ठीक हुन्छ भन्ने मान्यताका आधारमा हामीले व्यायामशाला बनाएका हौँ”, वडा अध्यक्ष सिटौलाले भने, “बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला शारीरिक व्यायाम गर्ने स्थान छैन । निजीरूपमा व्यायामशाला निर्माण गर्न खर्चिलो हुने देखेर खुल्ला व्यायामशाला निर्माण गरिएको जहा व्यायाम गर्ने विभिन्न आधुनिक उपकरण राखिएको छ ।खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
फोटो : साझा पाना