बुढानिलकण्ठ चिसेनीका ५ घर पहिरोको जोखिममा, नगरपालिकाको तत्काल “रेस्पोन्स”
कपन अनलाइन
काठमाण्डौ ,असार १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ चिसेनीका पांच घर पहिरोको जोखिममा परेका छन। सो क्षेत्रमा पहिरोको जोखिममा घर हरुको सुचना प्राप्त गर्ना साथ नगरपालिकाको Rapid Response Team (RRT) ले पाल सहितका सामाग्रीहरु उपलव्ध गराएको थियो।
त्यस्तै वडा नं ११ कार्की टोलमा गएर पहिरो नियन्त्रणका लागि ३ वटा पाल उपलव्ध गराएको Rapid Response Team (RRT) ले नगरपालिकाका सम्भावित जोखिम क्षेत्रको अध्ययन पनि गरेको थियो।
बुढानिलकण्ठ नगरपालिकाका कुनै पनि स्थानमा आपतकालीन अवस्था तथा प्रकोपको सामना गर्नु परेमा २४ घण्टा तत्काल सेवा प्रदान गर्नका लागि टिम गठन भएको जानकारी दिदै संयोजक बिनोद तामाङले चिसेनीमा तत्काल ६ वटा पाल सहित सामाग्री सहयोग गरिएको बताएका छन।
नगरपालिकाको विपद व्यवस्थापन समितले तुरुन्त सेवा प्रदान गर्न Rapid Response Team (RRT) गठन गरेको हो।