नेपाल टेलिकमको मोबाइल सेवामा किन आयो समस्या ?

कपन अनलाइन

काठमाण्डौ ,असार ९ ।

नेपाल टेलिकमको मोबाइल सेवामा आज बिहान झण्डै डेढ घण्टासम्म अवरोध देखिएको छ । बिहान पौने ७ बजेदेखि सवा ८ बजेसम्म नेपाल टेलिकमको मोबाइल सेवा लगभग अवरुध्द भएको थियो ।

मोबाइल सेवा अवरुध्द भए पनि डेटामा समस्या नआएको तर भ्वाइस कलमा मात्र डेढ घण्टा समस्या देखिएको नेपाल टेलिकम स्रोतले बताएको छ । स्रोतका अनुसार ग्राहकको लोकेशन अपडेट गर्ने सर्भरमा समस्या आएको कारण आज बिहान मोबाइलमा कल गर्दा सबैले समस्या झेलेका थिए ।

डेढ घण्टापछि उक्त समस्या समाधान भएर सेवा सुचारु भएको बताइन्छ । प्राविधिक रुपमा एनटिसीको ल्याण्ड लाइन, एनटिसीबाट एनसेल क्रस सर्भिस, डेटा नेटवर्क सबै काम भएपनि भ्वाइस कलमा मात्र आएको समस्या समाधान गरिएको बुझिएको छ ।

तपाइँको प्रतिक्रिया ।