पूर्वाधार र सामाजिक विकासमा सक्रिय बुढानिलकण्ठ-९ की कावा अध्यक्ष सुमित्रा त्रिपाठी (पाण्डे )
कपन अनलाइन
काठमाण्डौ ,असार ८।
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा सुमित्रा त्रिपाठी (पाण्डे ) ले कठिन समयमा कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी सम्हालेकी छन।कोरोना प्रकोपको पहिलो लहर चल्दै गर्दा वडाको कार्यबाहक अध्यक्ष सम्हालेकी त्रिपाठीले विषमताका बावजुद पनि पूर्वाधार र सामाजिक विकासका कामहरुलाई अगाडी बढाएकी छन।
साविक महांकाल गाविसको धेरै भाग रहेको वडा नं ९ मा सडक निर्माणको काम अन्तिम चरणमा रहेको छ भने खानेपानी सुविधाको लागि डिप बोरिङ्गको शुरुवात र मेलम्ची खानेपानीको पाइपलाइन विस्तारको योजना अगाडी बढेको छ।
वडाका मुख्य तथा भित्रि सडकहरुमा कालोपत्रे तथा सुधारका कामलाई प्राथमिकतामा राखेको वडाले कार्यालय भवन निर्माणको पनि प्रक्रिया अगाडी बढाएको छ।
भौतिक पूर्वाधार निर्माण संगै वडा नं ९ ले विभिन्न सामाजिक र रचनात्मक अभियानहरुलाई पनि आफ्नो मुख्य कामको सुचिमा राखेको छ।वडा नं ९ का महिला ,बाल बालिका ,जेष्ठ नागरिक ,सामाजिक संघ संस्था र शैक्षिक संस्थाहरुको विकास र प्रवर्धनका लागि दर्जनौ कार्यक्रमहरु संचालन गरेको वडाले क्षेमता विकासका तालिम र अभियान पनि संचालन गर्दै आएको छ।
नेपाल बिद्युत प्राधिकरणले नेपालमा पहिलो पटक विद्युतीय मिटर जडान शुरु गरेको वडा नं ९ ले सार्वजनिक जग्गा र सम्पत्ति संरक्षणका लागि योजना निर्माण गरेर अभियान संचालन गरिरहेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा नया कोलोनी भित्रि सडक कालोपत्रे ,जनचोक – सृजना चोक सडक , जनचोक -सेतो गणेश सडक जस्ता ठुला योजनाहरु सम्पन्न भएका छन भने राधा कृष्ण र कुमारी मन्दिरमा पूर्वाधार विकास पनि सम्पन्न गरिएको छ।
त्यस्तै बरफेदी खानेपानी आयोजना निर्माण सम्पन्न भएर पानीको वितरण शुरु गरेको वडा नं ९ ले ड्राइभिङ,मोंटेश्वरी,झोला तथा पोते जस्ता दर्जनौ व्यवसायिक तालिमहरु पनि सम्पन्न गरिसकेको छ।
त्यस्तै वडा नं ९ ले गेट कलेज अगाडी सामुदायिक भवन निर्माणका लागि योजना अगाडी सारेर टेन्डर आव्हान भैसकेको छ ।