मेलम्ची नगरपालिकाद्वारा सहयोगको लागि अपिल
कपन अनलाइन
काठमाण्डौ ,असार ४।
मेलम्ची नगरपालिकाले ‘मेलम्ची बाढी पीडित राहत तथा पुन:स्थापना कोष’ स्थापना गरेको छ। गत मंगलबार गएको बाढी पहिरोका कारण नगरपालिकाको वडा ६, १० र ११ मा ठूलो क्षति पुगेको थियो । नगरपालिकाले ५० लाख रुपैयाँ राखेर कोषको शुरुवात गरेको हो।
नगरपालिकाले बाढीबाट विस्थापित र संकटमा परेका परिवारहरुको पुन:स्थापना र संरचना पुन:निर्माणका लागि कोष स्थापना गर्दै सहयोग आह्वान गरेको हो।
मेलम्चीस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयमा रकम जम्मा गर्न सकिने नगरपालिकले जनाएको छ।
तपाइँको प्रतिक्रिया ।