गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

कपन अनलाइन

काठमाडौं, जेठ २८ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ २७ गते सम्ममा १७७०  जना पुरुष र १७०७   जना महिला गरि कुल  ३ हजार ४ सय ७७  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ९० जना पुरुष र ६४ जना महिला गरि कुल १५४ जना

वडा नं २ मा १०२ जना पुरुष र ७८ जना महिला गरि कुल १८० जना

वडा नं३ मा ८७ जना पुरुष र ७३ जना महिला गरि कुल १६०  जना

वडा नं ४ मा २५७  जना पुरुष र २२२ जना महिला गरि कुल ४७९ जना

वडा  नं ५ मा  २३७ जना पुरुष र  २९३   जना महिला गरि  ५३० जना

वडा नं ६ मा ४१३ जना पुरुष र ३८३ जना महिला गरि ७९६ जना

वडा नं ७ मा ११३ जना पुरुष र १११ जना महिला गरि कुल २२४ जना

वडा नं  ८ मा ३७७ जना पुरुष र ३७७ जना महिला गरि कुल ७५४ जना

वडा नं ९ मा ९४ जना पुरुष र १०६ जना महिला गरि कुल २०० जना संक्रमित   रहेको  जनाएको छ।हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ७९६ जनामा कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।