कोरोना प्रकोप विरुद्ध सचेतना जगाउदै गोकर्णेश्वरका टोल टोलमा नेपाल स्काउट

कोरोना प्रकोप विरुद्ध सचेतना जगाउदै गोकर्णेश्वरका टोल टोलमा नेपाल स्काउट

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २५ ।

नेपाल स्काउट बागमती प्रदेश अन्तर्गतको गोकर्णेश्वर नगर समितिको आयोजनामा कोभिड -१९  विरुद्ध १५ दिने जनचेतनामुलक  अभियान शुभारम्भ गरिएको छ।

नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङले  स्काउट स्वयंसेवकलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेर अभियानको  शुभारम्भ गरेका थिए।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीको विशेष आतिथ्यता रहेको  सो अभियान शुभारम्भ  कार्यक्रममा नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई,बागमती प्रदेश स्काउटका संयोजक केशरत्न बज्राचार्या,बागमती प्रदेश तदर्थ समिती सदश्य शिवराम अर्याल,नेपाल आदिवासी जनजाती महासंघका सचिव ज्योती लामा,कगेश्वरी नगर संयोजक प्रभु भन्डारी र शंखरापुर नगर संयोजक धर्मभक्त मल्ल लगायतको उपस्तिथि रहेको थियो ।

सो अभियान गोकर्णेश्वर नगरपालिकाको हरेक टोल टोलमा संचालन हुने अभियानकर्ता नेपाल स्काउट  गोकर्णेश्वरले जानकारी दिएको छ।

फोटो सौजन्य : आशाका किरण

तपाइँको प्रतिक्रिया ।