नेपाली कांग्रेस काठमान्डौ क्षेत्र नं ५ को कार्यालयमा तोडफोड
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ को कार्यालयमा तोडफोड भएको छ। गएराती नेपाल महिला संघको केन्द्रीय कार्यालय समेत रहेको भवनको ताल्चा फोडेर भवन भित्रका सामाग्री हरुका तोडफोड गरिएको छ।
टोखा नगरपालिका वडा नं ६ धापासीमा रहेको कार्यालयको ढोका फोडेर भित्र रहेका सामान तथा कागजातहरु सहित सुरक्षा गार्डको कोठामा रहेको सूट केस तथा दराज लगायत खोलिएको भेट्टाएको नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ का सभापति रमेस खड्काले जानकारी दिएका छन।
सो घटनाको दोषी उपर कारवाही हुनुपर्ने बताउदै खड्काले त्यस्ता अराजक गतिविधि प्रति खेद प्रकट गरेका छन। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।
तपाइँको प्रतिक्रिया ।