गोकर्णेश्वरमा कोरोना संक्रमितको शंख्या २ हजार ६ सय २१ पुग्यो वडा गत बिवरण सहित
कपन अनलाइन
काठमाडौं ,जेठ २२। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ २१ गते सम्ममा १३८१ जना पुरुष र १२४० जना महिला गरि कुल २ हजार ६ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ५२’ जना पुरुष र ४१ जना महिला गरि कुल ९३ जना
वडा नं २ मा ७४ जना पुरुष र ५९ जना महिला गरि कुल १३३ जना
वडा नं३ मा ७२ जना पुरुष र ५२ जना महिला गरि कुल १२४ जना
वडा नं ४ मा १९१ जना पुरुष र १८१ जना महिला गरि कुल ३७२ जना
वडा नं ५ मा २४० जना पुरुष र २०१ जना महिला गरि ४४१ जना
वडा नं ६ मा ३१७ जना पुरुष र २८० जना महिला गरि ५९७ जना
वडा नं ७ मा ८९ जना पुरुष र ९२ जना महिला गरि कुल १८१ जना
वडा नं ८ मा २७८ जना पुरुष र २६४ जना महिला गरि कुल ५४२ जना
वडा नं ९ मा ६८ जना पुरुष र ७० जना महिला गरि कुल १३८ जना संक्रमित रहेको जनाएको छ।
हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ५९७ जनामा कोरोना संक्रमित भेटिएको छ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।