गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार१ सय १५ पुग्यो,कुन वडामा कति संक्रमित ?
कपन अनलाइन
काठमाडौँ,जेठ १७ ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १६ गते सम्ममा ११२२ जना पुरुष र ९९३ जना महिला गरि कुल २ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३७ जना पुरुष र २९ जना महिला गरि कुल ६६ जना
वडा नं २ मा ४८ जना पुरुष र ४२ जना महिला गरि कुल ९० जना
वडा नं३ मा ६२ जना पुरुष र ४४ जना महिला गरि कुल १०६ जना
वडा नं ४ मा १६३ जना पुरुष र १५३ जना महिला गरि कुल ३१६ जना
वडा नं ५ मा २०२ जना पुरुष र १५४ जना महिला गरि ३५६ जना
वडा नं ६ मा २६१ जना पुरुष र २२८ जना महिला गरि ४८९ जना
वडा नं ७ मा ७७ जना पुरुष र ७८ जना महिला गरि कुल १५५ जना
वडा नं ८ मा २१७ जना पुरुष र २०६ जना महिला गरि कुल ४२३ जना
वडा नं ९ मा ५५ जना पुरुष र ५९ जना महिला गरि कुल ११४ जना संक्रमित रहेको जनाएको छ।
हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ४८९ जनामा कोरोना संक्रमित भेटिएको छ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।