नेपाल खेलकुद महासंघको सात दिने प्रशिक्षण शुरु
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ४।
२८ औ मदन -आश्रित स्मृति दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघको सात दिने प्रशिक्षण शुरु भएको छ। जुम माध्यम बाट भएको सो प्रशिक्षणमा विविध विषयहरुमा प्रशिक्षण प्रदान गरिनेछ।
नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षणको उद्घाटन कार्यक्रममा महासंघकाहरुको केन्द्रीय पदाधिकारी ,सदस्य , प्रदेस तथा जिल्लाका पदाधिकारी सहभागिता रहेको थियो।
नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेस पौडेलको अध्यक्षतामा भएको पहिलो दिनको प्रशिक्षणमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम प्रदेशका अध्यक्ष कर्ण बहादुर थापा लगायतले पार्टी जीवनमा महासंघले खेल्नुपर्ने भूमिकाका वारेमा प्रशिक्षण प्रदान गरेका थिए।
उक्त तालिमको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रमेस पौडेलले नेपाल खेलकुद महासंघले आगामी निर्वाचनमा कम्तिमा १० लाख नया मतदाता थप्ने लक्ष्य राखेको जानकारी दिदै खेलकुद क्षेत्रमा सक्रिय खेलाडी ,प्रशिक्षक ,खेलप्रेमी र अभियन्ताहरुलाई राजनीतिक रुपमा स्पातिलो बनाउन प्रशिक्षण आयोजना गरिएको धारणा व्यक्त गरेका थिए।
जेष्ठ ३ गते बाट ७ दिन सम्म हरेक दिन बेलुका ६ बजे देखि ८ बजे सम्म भैरहेको शुरु भएको सो प्रशिक्षणमा सहभागिताका लागि Meeting ID: 939 7431 0567 र Passcode: NECOS मा गएर जुम प्रविधि मार्फत सहभागी हुन सकिनेछ ।