अक्सिजन सिलिन्डर संकलन अभियानमा जुट्दै डांडागाउ टोल सुधार समित गोकर्णेश्वर ८

अक्सिजन सिलिन्डर संकलन अभियानमा जुट्दै डांडागाउ टोल सुधार समित गोकर्णेश्वर ८

कपन अनलाइन

काठमाडौं,बैशाख ३१ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको डांडागाउ टोल सुधार समितले खाली सिलिन्डर संकलन अभियान थालेको छ। गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर भए सहयोग गर्नको लागि गरेको अनुरोध अनुसार  समितिले अक्सिजनका खालि सिलिन्डर संकलन अभियान संचालन गरेको हो । संकलित सिलिन्डर अत्यावश्यक बिरामीको लागि प्रदान गरिने र प्राप्त  अक्सिजन सिलिन्डर प्रयोग पश्चात फिर्ता  गरिने सर्तमा संकलन गरेका हुन ।

देशभर कोरोना संक्रमणका बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाब भएको छ । कोरोना हटस्पट बनेका काठमाडौं लगायतका अस्पतालहरुले अक्सिजनको अभाब भएको भन्दै धमाधम बिरामी भर्ना रोक्न थालेका छन। सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको हो ।चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् ।

अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।कोभिडका बिरामीहरुको अत्याधिक चापका कारणले अक्सिजन सप्लाइले नपुग्ने भएकाले हाललाई भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसक्ने अवस्था आएको अस्पतालहरुले बताउदै आएका छन। त्यसैलाइ मध्येनजर गर्दै डांडा गाउ टोल सुधार समितिले मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत का क्षेत्रमा व्यवसाय गर्दै आएका ब्यक्तिहरुलाई गरेका आग्रह अनसार हाल सम्म ११ वटा अक्स्जिन सिलिन्डर प्राप्त भएको डांडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश दहालले कपन अनलाइन लाइ जानकारी गराए। उनले हाल सम्म अक्सिजन सहितको सिलिन्डर ४ जनालाई प्रदान गरिएको र खालि सिलिन्डर ७ थान प्रदान गरिसकेको जानकारी गराएका छन ।उनले विषम परिस्थितिमा सबैले आफ्नो आफ्नो ठाउ बाट  सुरक्षित रहदै सहयोग गर्न पनि अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।