बुढानिलकण्ठ बाट एमालेलाई सुखद सन्देश ,नेता माधव नेपाल भन्छन, ‘तत्काल राजिनामा टर्यो ’
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३०।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुई/चार दिनलाई टर्यो, कार्यदल बन्छ ।’
दिउँसो २ बजेपछि शुरु भएको वार्ता ६ बजेसम्म चलेको वार्ता व्यवसायी रामेश्वर थापाको बुढानिलकण्ठ चपली हाइट घरमा भएको थियो ।
तपाइँको प्रतिक्रिया ।