बैशाख २८ गते शंखरापुर नगरपालिका र वडा कार्यालयहरु बन्द हुने
कपन अनलाइन
काठमाडौं, बैशाख २७। शंखरापुर नगरपालिकाले शोक प्रस्ताब पारित गर्दै मंगलबार एक दिन नगरपालिका र वडा कार्यालय (स्वास्थ्य संस्था बाहेक)पूर्ण रुपमा बन्द गरिने भएको छ।
शंखरापुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बुद्दी बहादुर तामाङको ४४ वर्षको उमेरमा २०७८ साल बैशाख २५ गते शनिबार नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा असामयिक निधन भएको हुँदा २०७८ साल बैशाख २६ गते शंखरापुर नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले शोक प्रस्ताब पारित गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ। साथै २०७८ साल बैशाख २८ गते मंगलबारका दिन नगरपालिका र वडा कार्यालय (स्वास्थ्य संस्था बाहेक)पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराएका छन
तपाइँको प्रतिक्रिया ।