नागार्जुन नगरपालिकाका ६५९ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौँ ,बैशाख २७
नागार्जुन नगरपालिकामा हाल सम्म ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य शाखाकी लता महतका अनुसार कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भए सँगै सकृय संक्रमितको संख्या ६५० पुगेको हो ।
नगरभित्र हाल सम्म संक्रमण हुनेमा ३७७ पुरुष र २८२ जना महिला रहेको जनाईएको छ । स्वास्थ्य शाखाका अनुसार संक्रमण भएका मध्ये ६४० जना होम आइसुलेसनमा रहेका छन् भने १० जना अस्पतालमा भर्ना भएको जनाईएको छ ।
तपाइँको प्रतिक्रिया ।