बिना काम घर बाहिर हिड्नेलाई अव चेतावनी हैन कारवाही : जिल्ला प्रसासन कार्यालय
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २१।
बिनाकाम घरबाट बाहिर निस्कनेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय उपत्यकाका जिल्ला प्रशासनहरुले गरेका छन् ।
मंगलबार बसेको तीनैवटा सीडीओ कार्यालयहरुको बैठकले अत्यावश्यक कामबिना घरबाट बाहिर निस्कनेलाई जरिवाना र कानूनी कार्वाही गर्ने निर्णय गरेको हो ।
विभिन्न बहानामा मनपरी हिँड्ने, मर्निङ र इभिनिङ वाकमा निस्कने प्रवृत्ति देखिएकाले सो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन ।
यसका साथै मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना तिराइने निर्णय पनि गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।
