बैशाख १५ नेपाल स्काउटको इतिहासमा गौरवशाली दिन हो :रास्ट्रिय संयोजक लोक बहादुर भण्डारी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १५ ।

नेपाल स्काउटका रास्ट्रिय संयोजक लोक बहादुर भण्डारीले बैशाख १५ नेपाल स्काउटको इतिहासमा सुनौलो दिन भएको बताएका छन। नेपालका ७५३ वटा स्थानीय तहमा संयोजक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा भण्डारीले अव स्थानीय सरकार संगको सहकार्यमा सामुदायिक र संस्थागत विद्यालयमा स्काउट उत्पादन गर्ने बताएका थिए।

नेपाल स्काउटको नियमावली -२०७७ अनुसार सबै स्थानीय तहमा नेपाल स्काउटको सेवा विस्तार गदै ६ देखि २५ वर्ष सम्मका युवाहरुलाई समेट्ने अभियान शुरु गरेको जानकारी दिदै संयोजक भण्डारीले बैशाख १५ गते घोषणा भएका पालिका संयोजकहरुले त्यस कार्यको संयोजन गर्ने बताएका थिए।

नेपालमा स्काउट अभियानलाई नया मोडमा लैजाने प्रयासमा रहेको भन्दै भण्डारीले नेपाल स्काउटले एसिया प्यासिफिक क्षेत्रका २९ देशमा सुशासन र सदस्यता वृद्धिमा पहिलो स्थान हासिल गरेको जानकारी दिएका थिए।

आगामी दिनमा स्थानीय तह संगको सहकार्यमा शिक्षक तथा युवाहरुको परिचालन गर्दै नेपालका सबै विद्यालयहरुमा स्काउट स्वयंसेवक तयार गर्ने योजना रहेको जानकारी दिदै भण्डारीले यसको शुरुवात आज बाट भएकोमा खुसि व्यक्त गरेका थिए।

उक्त पत्रकार सम्मेलनमा संयोजक भण्डारी संगै स्काउट लिडरहरु बिजेन्द्र ध्वजु ,नगेन्द्र थापा ,देवराज घिमिरे र निर्देशक रामप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।