डा.राजन भट्टराईको पहलमा लक्ष्मीप्रसाद देवकोटा संग्रहालय(कवि कुन्ज ) का लागि दुई करोड ५० लाख

डा.राजन भट्टराईको पहलमा लक्ष्मीप्रसाद देवकोटा संग्रहालय(कवि कुन्ज ) का लागि दुई करोड ५० लाख

कपन अनलाइन

काठमाण्डौ, चैत्र २५।

डा. राजन भट्टराईको पहलमा लक्ष्मी प्रसाद देवकोटा संग्रहालय निर्माणका लागि दुई करोड ५० लाख बिनियोजन गरिएको छ। नेपाली साहित्यका मुर्धन्य विभूति महाकवि लक्ष्मी प्रसाद देवकोटाको निवासलाई साहित्यिक अध्ययन र अनुसन्धानको केन्द्रका रुपमा विकास गर्नका लागि सरकारले बजेट व्यवस्थापन गरेको हो।

काठमाण्डौ क्षेत्र नं ४ को वडा नं ३० मा रहेको सो कविकुन्जको स्थलगत निरीक्षण पश्चात नेपाल प्रज्ञा प्रतिष्ठान संगको समन्वयमा विस्तृत योजना  कार्यान्वयनको लागि बजेट व्यवस्थापन गरिएको डा. भट्टराईले बताएका छन।

काठमाण्डौ क्षेत्र नं ४ को महत्वपूर्ण साहित्यिक सम्पदाका रुपमा रहेको संग्रहालय निर्माण पश्चात त्यसलाई प्राज्ञिक अनुसन्धान र विमर्शको विन्दुका रुपमा विकास गर्न पहल गर्ने बताउदै डा. भट्टराईले यसमा सक्रियता देखाउने नेपाल प्रज्ञा प्रतिष्ठान लगायत सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।

केहि समय पहिला संग्रहालय निर्माणको प्रगती र अवस्थाका वारेमा स्थलगत निरीक्षण र सरोकारवाला संग अन्तरक्रिया गरिएको जानकारी दिदै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का संयोजक तेज ढकालले कवि कुन्जले साहित्यिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।