मेलम्ची -५ का सन्तोष नेपालको अपिल : मेरो जिवन बचाईदिनु हुन अनुरोध गर्दछु !

मेलम्ची -५ का सन्तोष नेपालको अपिल : मेरो जिवन बचाईदिनु हुन अनुरोध गर्दछु !
कपन अनलाइन
सिन्धुपाल्चोक ,चैत्र २४।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ५ का सन्तोष नेपालले आफ्नो जिवन बचाई दिनका लागि अपिल गरेका छन। रक्त क्यान्सरका विरामी नेपालले आफ्नो उपचार गर्नका लागि  ७० देखि ७५ लाख लाग्ने भएकोले सहयोगका लागि अनुरोध गर्दै उनले सामाजिक संजालमा सन्देस लेखेका छन।
सन्तोष नेपालको सन्देस :  
सम्पुर्णमा नमस्कार!
म सन्तोष नेपाल सिन्धुपाल्चोक मेलम्ची न.पा.-५, सिन्धुकोट घर भई हाल ओम अस्पताल चावहिलमा उपचाररत छु। विगत १ वर्ष अघि देखि घाँटिमा सुनिएको थियो । धेरै उपचार गर्दा पनि ठिक नभएपछी विभिन्न परिक्षण गर्दा मलाई ब्लड क्यान्सर भएको भनेर डाक्टरहरुले भन्नु भयो र म तेतिबेला देखि टिचिङ अस्पतालमा बसेर उपचाररत थिए ।
सो उपचारको क्रममा लगभग ७५% निको भएर ८ महिना अस्पताल बसेर घर फर्किए र घरबाट नै बेलाबेलामा डाक्टरको सल्लाह अनुसार अस्पताल जाँदै औषधि लिइरहेको थिए ।
सो समयमा लगभग ३० लाख जति रकम पनि खर्च भइसक्यो तर अहिले मेरो सोही रोग बल्झिएर पहिलेकै अवस्थामा फर्किएको छ र सो उपचारको लागि अब औषधि उपचार महङ्गो पर्ने र डाक्टरको सल्लाह अनुसार लगभग ७० देखि ७५ लाख खर्च लाग्ने र पहिले नै ३० लाख जति खर्च भइसकेकोले मलाई उक्त रकम जुटाउन निकै कठिन छ ।
मेरो उपचारमा खटिनु भएको डाक्टर आफुले लिने कुनै चार्ज नलिने र अस्पतालमा लाग्ने केही शुल्क पनि छुट गराइदिने भन्नु भएको छ। अब औषधि र रगत परिक्षणको लागि नै धेरै रकम लाग्ने भएकोले मेरो उपचारको लागि साथी भाई इष्टमित्रहरुले आफुले सकेको सहयोग गरि मेरो जीवन बचाईदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
सहयोग गर्न चाहनुहुने महानुभावले मेरो बुवाको निम्न विवरणको खाता नं. मा सहयोग गरिदिनु सक्नुहुनेछ।
मेगा बैंक कान्तिपथ शाखाको खाता नं. ००१००५०४७९७६६  (नाम  तुलसी प्रसाद नेपाल)
ई सेवा आइडी :९८४१०५८८१०
सम्पर्क नम्बर :
९८४१०५८८१०
९८६३४५२८५३
तपाइँको प्रतिक्रिया ।