कोरिया शैक्षिक परामर्श संघ नेपालले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई ज्ञापन पत्र बुझायो
कपन अनलाइन
काठमाडौँ,चैत्र १२ ।कोरिया शैक्षिक परामर्श संघ नेपालले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । संघले दक्षिण कोरियामा अध्ययनरत तथा अध्ययन गर्न जान चाहने विद्यार्थीको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ । काठमाडौंमा रहेको दक्षिण कोरियाली दुतावासले हालसम्म भिसा सम्वन्धी कुनै पनि काम शुरु नगरेको र अध्ययन गर्न जान चाहने र भिसाको पर्खाइमा रहेका विद्यार्थी गम्भिर समस्यामा परेको अबस्थाको जानकारी संघका अध्यक्ष गणेश शर्मा सहितको टिमले कोरियाली दुताबासलाई समेत पत्र बुझाएको उपाध्यक्ष बिष्णु खड्काले जानकारी दिए ।
कोरियामा रहेका कलेजले डिसेम्वर २० र मार्च २०२१ गरि दुवै सेसनका भर्ना प्रकृया सम्पन्न गरि अनलाई कक्षा संचालन गरिरहेका छन् । भिसा प्रकृया रोकिदा कलेज भर्ना भएर अनलाइन अध्ययन गरिरहेका विद्यार्थीले बुझाएको रकम जोखिममा पर्ने सम्भावना रहेकाले विद्यार्थी तथा अभिभावक मानसिक समस्यामा रहेको बताइएको छ । यस सम्वन्धमा दुतावाससँग सम्पर्क गर्दा यस समस्यालाई गम्भिरतापुर्वक नलिएको संघको भनाई छ।