२० मार्चमा विश्व मुख स्वास्थ्य दिवस मनाइने
कपन अनलाइन
काठमाडौ,चैत्र ५।
विश्व मुख स्वास्थ्य दिवस मनाइने भएको छ । सो अवसरमा समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले विविध कार्यक्रमको आयोजना गरि मनाउने लागेको हो ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालको हलमा आज पत्रकार सम्मेलन गर्दै मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस मनाउन लागिएको आयोजक संस्थाले जानकारी गराएको छ ।
कार्यक्रममा वरिष्ठ दन्त चिकित्सक सुवास घिमिरेले मुख स्वास्थ्यको औचित्यबारे प्रष्ट पार्नुभएको थियो । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ भएमात्र स्वस्थ रहन सकिने बताएका थिए ।
त्यसैगरी डेन्टल एशोसियसनका अध्यक्ष प्रविन्द्र अधिकारीले दुर दराजमा समेत दन्त चिकित्सा पुर्याउनु पर्नेमा जोड दिदै नेपालमा ४ हजार भन्दा बढी दन्त चिकित्सकहरु रहेपनि सरकारले दरबन्दी खडा गर्न नसक्दा आफूँहरु मारमा परेको बताएका थिए ।
त्यसैगरी कार्यक्रममा डा. कुम्भराज जोशी, सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंलगायतले आ आफ्नो धारणा राखेका थिए ।
मुख स्वास्थ्य दिवस २०२१ मा विभिन्न खाले जनचेतनामूलक कार्यक्रमहरु मनाइन लागेको एशोसियसनका अध्यक्ष अधिकारीले बताउनुभयो । कार्यक्रममा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम २० मार्चा अर्थात यही चैत्र ७ गते विहान ८ बजेदेखि चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलको प्राङ्गणमा हुनेछ । कार्यक्रमका मुख्य अतिथिी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्री कृष्ण गोपाल श्रेष्ठ रहनुहुने आयोजकले विज्ञप्ति मार्फत जनाएको छ ।