चैत ४ र ५ गतेको भेलामा नजान नेकपा एमालेको निर्देशन

कपन अनलाइन

काठमाडौं ,चैत्र ४।

नेकपा एमाले माधव नेपाल समूहले चैत ४ र ५ गते गर्ने भनेको भेलालाई एमाले संस्थापन (ओली समूह)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आज एक सूचना जारी गर्दै पार्टीले यस भेलालाई प्रचारित र आधिकारिक नभएको समेत पुष्टि गरेको छ।

यस्तो भेलालाई अनधिकृत भएको ठहर गर्दै महासचिव ईश्वर पोखरेल हस्ताक्षरित विज्ञप्तिमा भेलालाई अनुशासनहीन र गुटगत भन्दै सहभागी नहुन विशेष निर्देशन दिएको छ।

साथै यस भेलामा सहभागी भए नेपालको संविधान र पार्टी संसदीय दलको विधानअनुसार हुने पनि विज्ञप्तिमा भनिएको छ।

तपाइँको प्रतिक्रिया ।