दोलखा-रामेछाप जिल्ला स्तरिय महिला भलिबल प्रतियोगितामा लिग चरणका खेल सम्पन्न
कपन अनलाइन
दोलखा ,फागुन २४/सुकु शेर्पा
एक सय एघारौं अन्तरास्ट्रिय महिला दिवसको दिन समापन हुने गरि दोलखाको जिरीमा दोलखा – रामेछाप जिल्ला स्तरिय अन्तरपालिका महिला भलिबल प्रतियोगिता सुरु भएसङ्गै आज दोस्रोदिन लिग चरणको खेल सम्पन्न भएको छ ।
नगर स्तरिय युवा तथा खेलकुद समिती जिरीद्वारा आयोजित प्रतियोगिता जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले उद्घाटन गरेका थिए । खेलकुद समिती जिरिका अध्यक्ष नुर्बु शेर्पाको अध्यक्षतामा भएको प्रतियोगितामा दोलखा र रामेछाप गरि जम्मा आठ टिम को सहभागिता रहेको छ ।
जिरीमा महिला भलिबलतर्फ अहिलेसम्मकै ठूलो पुरस्कार रहेको प्रतियोगितामा बिजेताले पचास हजार दोस्रोले चालीस हजार तेस्रोले बीस हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
पहिलो दिनको प्रतियोगितामा जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी नेपाली कांग्रेस जिरी नगर कमिटिका सभापति सोनाम शेर्पा जिरी नगरका शिक्षा अधिकृत लक्ष्मी प्रसाद रिजाल लगायत अन्य पार्टिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
पहिलो दिनमा चार खेल र दोस्रो दिनमा आठ गरि लिग चरणको खेल सकेसङ्गै जिरी नगरपालिका , कालिन्चोक गाउपालिका , बिगु गाउपालिका र ग्रामिण समाज युवा परिषद गोकुलगंगा सेमिफाइनलमा प्रवेश गरेका छन ।
भोलि हुने पहिलो खेलमा जिरी नगरपालिका र कालिन्चोक गाउपालिकाबिच प्रतिस्पर्धा हुने खेलकुद समितिका अध्यक्ष नुर्बु शेर्पाले बताएएका छन ।
(सुकु शेर्पा सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )