राष्ट्रिय युवा संघ नेपाल नुवाकोट-काठमाडौ अन्तर जिल्ला सम्पर्क कमिटी संयोजकमा अमित मगर
कपन अनलाइन
काठमाडौं ,फागुन २३ /प्रशान्त जंग पाण्डे
राष्ट्रिय युवा संघ नेपाल, नुवाकोट काठमाडौं अन्तर जिल्ला सम्पर्क कमिटीको भेलाले अमित मगरलाई संयोजकमा चयन गरेको छ। काठमाडौं माछापोखरी स्थित नागार्जुन पार्टी प्यालेसमा समापन भएको भेलाले २०१ सदस्यीय नुवाकोट काठमाडौं अन्तर जिल्ला सम्पर्क कमिटी चयन गरेको हो।
सो कमिटीको सह संयोजकमा निराजन प्याकुरेल,भरत तामाङ,जयराम ओस्स्तिती ,सचीवमा संजिब लामिछाने,सह-सचीवमा प्रज्वल तिमल्सिना,राम राजा खनाल,अक्षय बि.क र कोषाध्यक्षमा सम्झना नेपाललाई चयन गरिएको थियो।
भेलाले सम्माननिय प्रधानमन्त्री केपि शर्मा वलि नेतृत्वको राष्ट्रवादी सरकार विरुद्द चौतर्फी रुपमा गरिएको घेराबन्दी प्रति निन्दा व्यक्त गर्दै राष्ट्रिय अस्मिता सार्वभौमसत्ता र राष्ट्रिय एकतालाई अक्षुण राख्न सम्माननिय प्रधानमन्त्री केपि शर्मा वलिले चाल्ने जुनसुकै कदमको पक्षमा दृढता पुर्वक उभिने संकल्प प्रस्ताव पारित गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राजु तिवारीले जानकारी दिएका छन।
(प्रशान्त जंग पाण्डे सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )