रसुवागढी नाका आज बाट एकतर्फी सञ्चालनमा आयो

रसुवागढी नाका आज बाट एकतर्फी सञ्चालनमा आयो

कपन अनलाइन

रसुवा ,फागुन २१ /सुजन तामांग

चीनसँगको अन्तराष्ट्रिय रसुवागढी नाका आजबाट एकतर्फी सञ्चालनमा आएको छ। गत सोमबर देखि नाका पूर्नु रूपले सञ्चालनमा आउँछ भने  पनि सञ्चालनमा आउन  सकेको थिएन।

कोरोना कारणले धेरै समय बन्दा रहेको थियो। केही समय समय पश्चात केरुङ मा अतकिएको सामानहरू नेपाल पठाउनका निमित चीनका गाडी नेपालको मितेरी पुल सम्म पुर्याउने सर्तमा एकतर्फी नाका सञ्चालन भएको थियो, र फेरि ल्होसारको कारणले बन्द भएको थियो ।

फागुन १८ गते जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. २ रसुवागढी स्थित नेपाल – चीन जोड्ने मितेरी पुलमा चीन तर्फका Immigration Administration Police Station Kerung SSP Mr. Gao Huihai, DSP Liang Wang Officer सहित ६ जनाको टोली र नेपाल तर्फ रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकाल , जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डे , सशस्त्र प्रहरी बल २० नं. गुल्म धुन्चे रसुवाका सशस्त्र प्रहरी नायव उपरीक्षक लभ कुमार सापकोटा , राष्ट्रिय अनुसन्धान बिभाग रसुवाका प्रमुख अनुसन्धान अधिकृत सबिन श्रेष्ठ , सशस्त्र प्रहरी बल (BOP) टिमुरे रसुवाका सशस्त्र प्रहरी निरीक्षक, अध्यागमन कार्यालय रसुवाका प्रमुख सहितको उपस्थितीमा चिनीया समकक्षीबीच भेट छलफल पछि आज बाट नाका खोलिएको हो ।

नेपाली व्यवसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आएका छन् । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए । यो वर्ष कोरोना भाइरस तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा पटकपटक अवरोध भइरहेको छ

(सुजन तामांग  सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।