चन्द्रागिरी नगरपालिका वडा नं १ को बैकल्पिक बाटो प्रयोग गर्ने बारे सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं फागुन १६ ।चन्द्रागिरी नगरपालिका वडा नं १ले बैकल्पिक बाटो प्रयोग गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष राजेन्द्र केसीले जारी गरेको उक्त सुचनामा चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोक इन्द्रदह काजि कालु पांडे समाधिस्थल पहुँच मार्गहरु मध्ये पन्च कन्या इन्द्रदह सडक खण्ड रामिनडाँडा देखि सल्लाघारी पिच सम्म सडक विभागको टेन्डर ठेक्का बाट सडक विस्तार सहित ढलान गर्ने कार्य हुदै गरेकोले सो बाटो प्रयोगकर्ताहरुले करिब १ महिना बैकल्पिक बाटो प्रयोग गरि निर्माणकार्यमा सहयोग गरिदिनको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।