सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला

कपन अनलाइन

काठमाडौं ,फागुन ११।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन मुद्दामा आज फैसला सुनाएको हो।

स ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कदम असंवैधानिक भएकाले बदर हुनुपर्ने मागसहित १३ वटा रिट दायर भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसी रहेको संवैधानिक इजलासमा विघटनको मुद्दा २ महिनादेखि विचाराधिन थियो । पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको निर्णय गरेकी थिइन् । सो विरुद्द सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।