श्री धापासी माध्यमिक बिध्यालय पुननिर्माणको उपप्रधानमन्त्री इश्वर पोखरेल द्वारा शिलान्यास
कपन अनलाइन
काठमाडौँ, फागुन १०। टोखा नगरपालिका वडा नं ४को श्री धापासी माध्यमिक बिध्यालय पुननिर्माण हुने भएको छ भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने धापासी विद्यालयको भवनको आज एक कार्यक्रमका बीच नेपाल सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले पुनर्निर्माण स्थलमा भूमि पूजनसहित शिलान्यास गरेका हुन।
नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बागमती प्रदेश सभा सदस्य भीमसेन खत्री प्रदेश सभा सदस्य सीता लामा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य टोखा नगरपालिकाका जनप्रतिनिधि बिध्यालय व्यवस्थापन समितिका पदाधिकारी सहित शिक्षक तथा बिद्यार्थीहरु विद्यालयको पुनर्निर्माण कार्यका लागि आयोजित भूमि पूजन तथा शिलान्यास कार्यक्रममा उपस्थिति रहेको थियो । शिक्षक सारा खड्का र डोलराज ढकालले संचालन गरेको कार्यक्रमको अध्यक्षता टोखा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एबम बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले गरेका थिए।
टोखा नगरपालिका ४ धापासीमा पुनर्निर्माण हुन लागेको उक्त विद्यालय भारतीय अनुदान सहयोगमा पुनर्निर्माण हुन लागेको हो । मूल्यअभिवृद्धि करबाहेक रु ५ करोड ६ लाख ७७ हजार ४ सय ४७ रुपैया ९१ पैसामा ठेक्का लागेको कार्यक्रममा जानकारी गराइएको थियो। तीन तले सो भवनमा २२ वटा कोठा रहने समेत जानकारी गराइएको थियो ।निर्माण गर्न लागिएको तीन तल्ले भवनमा २२ वटा कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला/अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको साथै आगलागी नियन्त्रण गर्ने संयन्त्रको व्यवस्था हुनेछ ।यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीयभवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।
निर्माण अवधि १५ महिना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले चाडै निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी कार्यक्रममा दिइएको थियो।शिलान्यासपछि मन्तव्य राख्दै नेपाल सरकारका उप प्रमुख इश्वर पोखरेलले भवन बन्न लागेकामा खुशी व्यक्त गर्दै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमूना हुने विश्वास व्यक्त गरे ।उनले पुनर्निर्माण मा सहयोग गरेकोमा भारत सरकारलाइ धन्यबाद दिएका थिए। उनले २०७२ सालको भूकम्पको कारण क्षति भएका करिब ८ हजार बिध्यालयहरु मध्ये करिब ८१ प्रतिशत बिध्यालयहरु पुनर्निर्माण भएको जानकारी गराएका थिए।
सडक र क्षति पुगेका खानेपानीका आयोजनाहरुपनि पुनर्निर्माण भएको जानकारी गराएका थिए । उनले विश्व सम्पदा सुचिमा परेका भूकम्पका कारण क्षति पुगेका सम्पदाहरुपनि पुनर्निर्माणको काम पनि भईरहेको जानकारी गराए। नेपाल सरकारद्वारा गठन गरेको पुनर्निर्माण प्राधिकरणले भूकम्प पश्चात राम्रो ढंगले पुनर्निर्माणको काम गरिरेह्को बताएका थिए । उनले निर्धारित समय भित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाइ निर्देशन दिदै निर्माण कार्य गुणस्तरीय हुनुपर्नेमा जोड दिएका थिए । उनले बिध्यालय सो भेगको नमुना बिद्यालयको रुपमा सबैले देख्न चाहेको भन्दै बिद्यालय निर्माण मात्र नभई शिक्षाको गुणस्तरमा पनि बृद्दी गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । कुनै पनि सम्पत्तिको रक्षा जनताले संरक्षण गरे मात्र हुने भन्दै त्यस्ता सम्पत्ति संरक्षणमा स्थानीय जनता जागरुक हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, बागमती प्रदेश सभा सदस्य भीमसेन खत्री, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी लगायतले शुभकामना मन्तब्य राख्दै पुनर्निर्माणको काम निर्धारित समय भित्र गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाइ अनुरोध गरेका थिए ।