वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौं , फागुन ८। उपप्रधानमन्त्री ईश्वर पोखरेलले वैशाखमा तोकिएको निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाण्डौ महानगरपालिका वडा नम्बर ५ मा निर्माण भएको भिमसेनथान मन्दिरको उद्घाटन गर्दै पोखरेलले सबैलाई चुनावका लागि तयार हुन आग्रह गरेका हुन् । राजनीतिक स्थिरताका लागि मध्यावधी चुनाव गर्नुपरेको पोखरेलको भनाई छ । चुनावी प्रक्रिया स्वभाविक रुपमा अघि बढ्यो भने जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने पोखरेलेको विश्वास छ ।

जनताभन्दा ठूलो न्यायाधीश अरु कोही नहुने भएकाले ताजा जनादेशका लागि सबै तयार हुनुपर्ने उनले बताए । चुनावपछि राजनीतिक स्थीरता कायम हुने र त्यसपछि मात्रै विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

पोखरेलले चुनावमा जनतामाझ गरिएको प्रतिवद्धताअनुसार नै विकास निर्माणका काम गरिरहेको दाबी पनि गरेका छन् । पुरातात्विक सम्पदाको संरक्षणका लागि सरकारको मात्रै भर पर्न नहुने भन्दै उनले जनता आफै पनि सचेत हुनुपर्ने बताए । त्यसैगरी संघ, प्रदेश र स्थानीय सरकारले पनि जनतासँग सहकार्य गर्नुपर्ने सुझाब पोखरेलले दिएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।